तुल्सीपुर मालपोतमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले दाङको तुल्सीपुर उप–महानगर वडा–६, मदन आश्रित चोकस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तुल्सीपुर उप–महानगर प्रमुख टीकाराम खड्काले एक्सटेन्सन काउन्टर उद्घाटन गरे ।

सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई लक्षित गर्दै नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिट्यान्स सुविधालगायत सबै किसिमका साधारण बैंकिङ सेवा उपलब्ध हुनेछन् ।

हाल बैंकले ३५४ शाखा, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार