एसीसी प्रिमियर कप : नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रनको योगफल बनायो ।

नेपालका लागि सन्दीप जोरा अर्धशतक बनाउन सफल भए । गुल्सन झा र करण केसीबाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् । झाले २० ,केसीले १७ रन,असिफ शेखले ८,रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ५र५ रनको योगदान गरे ।

पहिलो बलमै कुशल भुर्तेल आउट भए भने ८ रन जोडेर आसिफ शेख दोस्रो विकेटका रुपमा आउट भए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार