नविल बैंकको नाफा ४ अर्ब ६६ करोड ८० लाख

काठमाडौं । नविल बैंकले चालु आवको साउनदेखि चैत मसान्तसम्म ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा भने ८.७ प्रतिशतले घटेको हो । गत आवको यस अवधिमा यस्तो नाफा ५ अर्ब ११ करोड थियो ।

बैंकको ब्याज आम्दानी सामान्य बढेको छ । चालु आवको तेस्रो त्रैमासमा ब्याज आम्दानी १२ अर्ब ५५ करोड छ । पहिले यस्तो आम्दानी १२ अर्ब १० करोड थियो । बैंकले लोन लस प्रोभिजनवापत ३ अर्ब २३ करोड छुट्याएको छ, पहिले ३ अर्ब ३३ करोड छुट्याएको थियो ।

नाफामा आएको सामान्य गिरावटले प्रतिसेयर आम्दानी पनि घटेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ २४ पैसा छ, पहिले २५ रुपैयाँ २१ पैसा थियो । चैत मसान्तसम्म वितरणयोग्य नाफा १ अर्ब ५४ करोड रुपैयाँ छ ।

कुल कर्जामा बैंकको निष्क्रिय कर्जा ३.८७ बाट बढेर यो चैतसम्म ४.०४ प्रतिशत पुगेको छ । बैंकको सीडी रेसियो ८३.९७ छ । आधार दर ८.३६ प्रतिशत तथा स्प्रेड दर ४ प्रतिशत छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार