सरकारी निवासमा बालुवाटार सरे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी १० बजे बालुवाटर सरेका हुन् ।

उनी प्रधानमन्त्री नियुक्त भए पछि पनि बुढानीलकण्ठस्थित आफ्नै निजी निवासमा रहँदै आएका थिए ।

देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार