लक्ष्मी सनराइज बैंकको नाफा २७.७० प्रतिशतले बढ्यो, खराब कर्जा ५ प्रतिशत नाघ्यो

लक्ष्मी सनराइज बैंकको नाफामा २७.७० प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्मको खुद नाफा १ अर्ब ६१ करोड ५९ लाख ३ हजार रुपैयाँ छ । गत वर्ष यसै अवधिमा १ अर्ब २६ करोड ५३ लाख ४५ हजार खुद नाफा कमाएको थियो ।

चालु आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी खुद ब्याज आम्दानी १०३ प्रतिशत बढेर ८ अर्ब ५३ करोड २७ लाख रुपैयाँ गरेको छ । त वर्षको सोही अवधिमा ४ अर्ब १९ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ७ प्रतिशत बढेर २३ अर्ब १८ करोड रुपैयाँ र जगेडा कोष १६ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । साथै, बैंकको निक्षेप संकलन ५ प्रतिशत बढेर ३ खर्ब ११ अर्ब रुपैयाँ र कर्जा लगानी १ प्रतिशत बढाएर २ खर्ब ४९ अर्ब रुपैयाँ गरेको छ ।

बैंकको तथ्याङ्क अनुसार खराब कर्जा गत वर्षको चैतमा १.८२ प्रतिशत रहेकोमा यस वर्ष बढेर ५.४९ प्रतिशत पुगेको छ । साथै, बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार