‘तेस्रो फान अवार्ड’ आयोजना गर्दै चलचित्र कलाकार संघ

नेपाल चलचित्र कलाकार संघले ‘तेस्रो फान अवार्ड’ आयोजना गर्ने भएको छ । भव्य रूपमा आयोजना गरिने अवार्ड समारोहको तयारी तीव्र पारिएको संघका महासचिव सविन श्रेष्ठले जानकारी दिए ।

यसअघि कलाकार संघले २०७२ र २०७४ सालमा ‘फान अवार्ड’ आयोजना गरेको थियो । अब यसलाई निरन्तरता दिने संघले जनाएको छ ।

अवार्ड समारोहमा कलाकार संघले २०७९ र २०८० सालमा रिलिज भएका फिल्महरूलाई यो वर्ष अवार्ड दिनेछ ।

दुई वर्षको छुट्टाछुट्टै अवार्ड विभिन्न विधामा प्रदान गरिनेछ । यसका लागि केही दिनमै आवेदन फाराम खोल्ने जानकारी पनि संघले दिएको छ ।

संघले यो वर्षको कार्यक्रमले नेपाली फिल्म, फिल्मीकर्मी, कलाकारको अथक प्रयासलाई उच्च मूल्यांकन गर्दै नेपाली मनोरञ्जन उद्योगको अदम्य भावनाको प्रमाण दिने विश्वास गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार