पोखरा महानगरपालिकाका मेयर जिसीलाई हृदयाघात

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ । मेयर जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा हृदयाघात भएको हो ।

मेयर जिसि पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत छन् । थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौ स्थित न्यूरो अस्पतला लैजाने तयारी भएको छ । स्वास्थ्यकर्मीका अनुसार उनी अहिले खतरामुक्त छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार