कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन र मन्त्री छनोटबारे छलफल हुने

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बस्दै छ । बैठक शुक्रबार दिउँसो २ बजे बस्न लागेको हो । तर, बैठक बस्ने स्थान निश्चित भइसकेको छैन ।

बैठकमा १४ औं महाधिवेशनको तयारी र सरकारमा सहभागी हुने मन्त्रीहरू बारे छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

यसअघि बिहीबार बस्ने तय भएको यो बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगित गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार