डिल्लीबजारबाट जुवा खेलिरहेका सातजना पक्राउ

प्रहरीले काठमाडौंको डिल्लीबजारबाट जुवा खेलिरहेका सात जनालाई पक्राउ गरेको छ ।

डिल्लीबजारस्थित गोपिनी महर्जनको घरमा जुवातास खेलिरहेका ओखलढुङगा सिद्धिचरण नगरपालिका–२, ठुलाछापका ४२ वर्षीय श्यामकाजी खत्रीसहित सातजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूको साथबाट ३३ हजार ५०५ रुपैयाँ बरामद गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार