विराटनगरको रानी क्षेत्रमा तनाव, हवाई फायर र अश्रुग्यास प्रहार

दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ ।

बुधबार दिउँसो एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर्को समूहले अवरोध गरेपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो ।

झडपमा परी ९ प्रहरीसहित दुवैपक्षका घाइते भएको र यकीन विवरण संकलन गरिरहेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।

रामनवमीको अवसरमा हिन्दु समुदायले र्‍याली निकालेका थिए । उक्त र्‍याली रानीमा मुस्लिम समुदायको बस्तीतर्फ अगाडि बढेपछि उनीहरुले प्रतिकार गरेका थिए ।

यसअघिका वर्षमा यसरी आफ्नो समुदायमा हिन्दुले र्‍याली नल्याएको यसवर्ष किन ल्याउनु पर्यो भन्दै मुस्लिम समुदायले र्‍याली रोक्न खोजेपछि झडप भएको हो । तीन ठाउँमा झडप हुँदा ९ जना प्रहरी र दुवै समुदायका व्यक्तिहरु घाइते भएका छन् ।

झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार