नेपालमा पनि ग्रिन अर्थतन्त्रलाई अघि बढाउनुपर्छ : उर्जामन्त्री बस्नेत

उर्जामन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा ग्रिन अर्थतन्त्रको चर्चा र विकास गर्न ढिला भएको स्विकारेका छन् । अब भने सरकारले यसलाई प्राथमिकतामा राखेका उनको भनाई छ ।

इनभाइरोमेन्ट एण्ड कल्चर भोलुन्टर नेपालले आयोजना गरेको ‘गो ग्रिन’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले अब ग्रिन अर्थतन्त्रका विषयमा बहस छलफल गरी नीतिगत रूपमा अघि बढ्ने सुनाए ।

सो क्रममा उनले स्रोत उपलब्धताको दृष्टिकोणबाट हेर्दा नेपाल सरकारले स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार