दीपेन्द्र बने एसोसिएट राष्ट्रको नम्बर वान अलराउन्डर

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्ड दीपेन्द्र सिंह ऐरीले आईसीसी टी–२० विश्व वरियतामा एसोसिएट राष्ट्रको नम्बर वान अलराउन्डरका रूपमा अगाडि आएका छन् । मंगलबार सार्वजनिक भएको वरीयतामा ऐरी विश्वको ११औं स्थानमा छन् । उत्कृष्ट १० मा टेष्ट राष्ट्रका अलराउन्डरहरू परेका छन् ।

नेपाली क्रिकेटमा हाल स्टारको रुपमा रहेका दीपेन्द्र – आईसीसीको टी २० तर्फ टेष्ट राष्ट्रपछि एसोसिएटका नम्बर वान अलराउन्डर बनेका हुन् । उनी अलराउन्डरतर्फ १४ स्थान माथि उक्लिएका छन् । ऐरीपछि एसोसिएटमा नामिबियाका ग्रहार्ड इरास्मस १३औं स्थानमा रहेका छन् । १२ औं स्थानमा टेष्ट राष्ट्र अष्ट्रेलियाका मिचेल मार्स छन् । अलराउन्डरतर्फ पहिलो नम्बर बंगलादेशका सकिब अल हसन रहेका छन् ।

यस्तै ब्याटिङतर्फ पनि ऐरी १६ स्थान सुधार गर्दै ६२औं स्थानमा उक्लिएका छन् । दीपेन्द्रलेले अहिले ओमानमा जारी एसीसी प्रिमियर कपमा पनि राम्रो प्रदर्शन गरिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार