सुदूरपश्चिममा सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

नेकपा एमालेले सुदूरपश्चिममा सोडारी बाहेकका व्यक्तिलाई मुख्यमन्त्री बनाउनुपर्ने विषय अघि सारेपछि सहमति जुट्न सकेको छैन । पार्टीको महाधिवेशनको तयारी लगायतको विषयमा छलफल गर्न सचिवालयको बैठक जारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार