एसिसी प्रिमियर कप: साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य

एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा साउदी अरबले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

वर्षाका कारण ढिला सुरु भएको खेल आठ ओभरमा घटाइएको छ । पूरै आठ ओभर खेल्दै साउदीले ७ विकेटको क्षतिमा नेपाललाई ७३ रन बनाएको हो ।

साउदीका लागि १६ बल खेल्दै अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाउनुभयो। नेपाली बलरसामु अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् ।

टस जितेर साउदीविरुद्ध सुरुमा बलिङ गरेको नेपालका लागि करण केसी र अविनास बोहोराले समान दुईदुई विकेट लिए भने ललित राजवंशी र प्रतिश जिसीले समान एकएक विकेट हात पारे ।

नेपालले केही बेरमै जवाफी ब्याटिङ गर्दैछ । समूह ‘ए’को नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ । साउदीमाथि जित निकाल्दै नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार