एसिसी प्रिमियर कप: नेपालले टस जितेर रोज्यो फिल्डिङ, खेल ८ ओभरको हुने

ओमनमा जारी एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरेबिया बिचको खेल ८ ओभरको हुने भएको छ । मंगलबार राति भएको वर्षाका कारण खेल ढिलो गरी हुँदा ओभर घटाइएको हो ।

नेपाल र साउदी अरेबियाबीचको खेलमा १२ ओभर घटाइएको हो । अम्पायरहरुले पिच निरीक्षण गरेपछि दुवै टोलीको सहमतिमा खेल ८ ओभरमा झारिएको हो ।

छोट्याइएको खेलमा टस भइसकेको छ । टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ २ मा खेल सुरु भएको छ ।

टिममा एक परिवर्तन गरिएको छ । सोमपाल कामीको स्थानमा प्रतिश जिसीलाई खेलाइएको छ ।

नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ । मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार