सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, चारको अवस्था गम्भीर

दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको छ ।

रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा १४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । १० जना भने सामान्य छन् ।

उनीहरूको उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ । घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्‍डमा टोली खटिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार