आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपाली बजारमा सुनको मूल्य आज (बुधबार) स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार