बार्सिलोनालाई हराउँदै पीएसजी सेमिफाइनलमा

बार्सिलोनालाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा बार्सिलोनामाथि ४–१ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको गरेको हो । पिएसजीले समग्रमा ६–४ को जित निकालेको हो ।

क्वार्टरफाइनलको पहिलो लेगमा ३–२ को जित निकालेपनि घरेलु मैदानमा भएको दोस्रो लेगमा उत्कृष्ट खेल प्रस्तुत गर्न सकेन ।

खेलको २९ औँ मिनेटमा नै बार्सा १० खेलाडीमा समेटिएको थियो । डिफेन्डर रोनाल्ड आराउफले सिधै रातो कार्ड पाउँदै मैदान छाडेपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

त्यसअघि खेलको १२ औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो ।

तर खेलको ४० औँ मिनेटमा उसमान डेम्बेलेको गोलमा पिएसजी खेलमा फर्किएको थियो । खेलको ५४ औँ मिनेटमा भिटिन्हाको गोलमा पिएसजीेले अग्रता बनायो ।

खेलको ६१ औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै टोलीलाई फराकिलो अग्रता दिलाए ।

८९ औँ मिनेटमा एमबाप्पेले नै व्यक्तीगत दोस्रो तथा टोलीका लािग चौथो गोल गरे ।

पिएसजीले अब सेमिफाइनलमा बोरुसिया डर्टमुन्डसँग खेल्नेछ । सेमिफाइनलको पहिलो लेग ३० अप्रिल तथा दोस्रो लेग ७ मे मा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार