भारतको छत्तीसगढमा प्रहरीसँगको भिडन्तमा २९ माओवादीको मृत्यु 

माओवादी प्रभावित भारतको छत्तीसगढमा प्रहरीसँग भएको भिडन्तमा २९ माओवादी मारिएका छन् । भिडन्तपछि मुठभेड स्थलबाट २९ जना माओवादीको शव फेला परेको भारतीय प्रहरीले जनाएको छ । भिडन्तमा तीन सुरक्षाकर्मी पनि घाइते भएका बीबीसीले जनाएको छ ।

यसअघि प्रहरीले १८ माओवादी मारिएको दाबी गरेको थियो । प्रहरीका अनुसार मंगलबार दिउँसो कांकेरको छोटाबेटिया क्षेत्रमा माओवादीसँग भिडन्त भएको थियो ।

अप्रिल १९ मा लोकसभाका लागि मतदान हुन लागेका बेला मुठभेड भएको हो । माओवादीले निर्वाचन बहिष्कार गर्न अपिल गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार