मधेसका मुख्यमन्त्रीले पाए चौथो पटक विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ६१ जना सांसदले मतदान गरेका छन् ।

संसदीय मर्यादा विपरीत प्रतिपक्षीलाई छलफलमा भाग लिन नदिएको भन्दै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमतले विश्वासको मत लिने प्रक्रियामा सहभागी नभई प्रदेश सभा बैठक बहिस्कार गरेका छन् ।

विश्वासको मत लिने प्रक्रियामा ६१ जनाले भाग लिएको र उनीहरू सबैले मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।

१०७ सदस्यीय प्रदेश सभामा बहुमत सावित गर्न ५४ सदस्यको समर्थन आवश्यक हुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार