यसअघिका दुवै दाबी अस्वीकृत गर्दै सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः दाबी पेस गर्न आह्वान

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुबै दाबी अस्वीकृत गर्दै दुई दिन समय थपेका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरी र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

दुई दिनपछि प्रदेश प्रमुख नजिर मियाले दुबै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् । उनले अगाडीका दुवै दावी अस्वीकृत गरेका छन् ।

सूचनाअनुसार, प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नै दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई स्पष्ट दाबीसहित वैशाख ६ गते बेलुका ५:०० बजेभित्र पेस गर्न आह्वान गरेका छन् । केन्द्रीय सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा दाबी गर्ने सहमति बनेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार