सिटिजन्स बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना

डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू सार्वजनिक गरेको छ ।

वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यास ब्याक लगायतका योजनाहरू सार्वजनिक गरेको हो । सो योजना अन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले (POS) मशिन र अनलाइनमार्फत रु १००० वा बढीको कारोबार गर्दा १७५ वा बढीमा रु १७० क्यास ब्याक पाउने छन् ।

यसैगरी सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरूको लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा १७५ वा बढीमा रु १७० क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ । डिजिटल भुक्तानीको अर्को माध्यम ई-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा इ-कम कार्ड लिन चाहने ग्राहकहरूलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ ।

त्यसैगरी बैंकले यस योजना अवधिभर ग्राहकहरूका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ । साथै बैंकका निष्क्रिय मोबाइल बैंकिङ ग्राहकहरूलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुस्ट रु १५० छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार