प्रभु बैंकका ग्राहकलाई स्काइवाकमा छुट

प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाकमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट दिइने भएको हो ।

बैंकका ग्राहकलाई छुट दिन प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमुख मार्केटिङ अफिसर रवीन्द्र ढकाल र वन्डर्स नेपाल प्रालि (स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदमप्रसाद न्यौपानेले दुई पक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले कमलादीस्थित वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेश गर्नुपर्नेछ ।

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउनेछन् । ७८.५ मिटर अग्लो स्काइवाक टावरबाट उपत्यकाको ३६० डिग्रीमा दृश्यावलोकन गरी मनोरञ्जन लिन सकिन्छ ।

प्रभु बैंकले देशभर ३०२ शाखा कार्यालय, २८५ एटीएम र ७० वटा एक्सटेन्सन काउन्टरमार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई बैकिङ तथा वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार