राष्ट्रिय सभा अध्यक्ष दाहालको टिप्पणी- प्रधानमन्त्रीसँग नाम जोडिँदा वाक्कदिक्क भइसकेँ

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफ्नै बलबुँत्ताको भरमा आफू अघि बढ्दै आएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालका कारण राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी पाएको चर्चा भइरहँदा उनले अहिलेसम्म गरेको सबै आफ्नै बलबुत्ताले भएको जिकिर गरेका हुन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले २०२७ सालमा एकैदिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति शुरु गरेको र आजसम्मसँगै काम गरेको पनि दोहोर्याए ।

प्रधानमन्त्री प्रचण्डलाई आफूले कुनैपनि राजनीतिक गतिविधिमा नछाडेपनि उनकै निगाहामा आफूलाई राष्ट्रिय सभाका अध्यक्ष बनाएको भन्ने टिप्पणीले आफू वाक्क भएको प्रतिक्रिया समेत दिए । अध्यक्ष दाहालले आफूले राष्ट्रिय सभाको नेतृत्वमा रहेर कुनैपनि नराम्रो काम नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने काममा सहयोग गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । त्यस अवसरमा उनले आफ्नो एक महिने कार्यकाल भने सुखद् रहेको दाबी समेत गरे ।

उनले भने, ‘म त्यो विषयमा धेरै बोल्ने मुडमा छैन । कति बोल्ने एउटै विषयमा ? २०२७ सालमा एकै दिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति सुरु गरेको अध्यक्ष र म । अहिले उहाँसँग नाम जोडेर प्रतिक्रिया आउँदा वाक्कदिक्क भइसकेँ।’

अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने काममा सहयोग गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । त्यस अवसरमा उनले आफ्नो एक महिने कार्यकाल भने सुखद् रहेको दाबी समेत गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार