जङ्गलमा लागेको आगोका कारण ७० हजार हेक्टरभन्दा बढी जमिन नष्ट

यस वर्षको सुरुदेखि मङ्गोलियामा २९ वटा वन तथा घाँसे मैदान क्षेत्रमा आगलागी भएको समाचार छ । आगलागीबाट ७० हजार एक सय ७२ वन तथा घाँसे मैदान नष्ट भएकोे मङ्गोलियाको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा) ले मङ्गलबार जनाएको छ ।

एजेन्सीका अनुसार जनताको लापरवाही नै जङ्गली आगोको प्रमुख कारण थियो । वसन्त ऋतुको हावाहुरी र सुक्खा अवस्थाको बीचमा जनतालाई खुला आगो नलगाउन वा चुरोटको ठुटाहरू ननिभाई जमिनमा नफ्याँक्न नेमाले आग्रह गरेको छ ।

मङ्गोलियामा कठोर प्रकृतिको महाद्वीपीय जलवायु भएकाले यसको मौसम सामान्यतया वसन्त ऋतुको समयमा सुक्खा र हावाहुरी चल्ने खालको हुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार