मधेश प्रदेश: विश्वासको मत नदिने भन्दै लोसपाका वनमन्त्रीले दिए राजीनामा

मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट वनमन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।

कुर्मीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । लोसपाले उनलाई विश्वासको मत नदिने भएसँगै मन्त्री कुर्मीले राजीनामा दिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार