हुम्लामा चार दिनदेखि हवाई सेवा बन्द

हुम्लामा पाँच दिनयता हवाई सेवा अवरुद्ध हुँदै आएको छ । हवाई सेवा अवरुद्ध हुँदा हुम्ला आउने र जाने यात्रु मर्कामा परेका छन् ।

पाँच दिनदेखि हवाई सेवा बन्द रहँदा यात्रु मर्कामा परेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्रबहादुर सिंहले बताए ।

गत शुक्रबार सीता एयरको जहाजले उडान भएयता अन्य कुनै उडान हुन सकेको छैन । सिमकोट विमानस्थल प्रमुख सिंहले उडान हुन नसक्नुमा नेपाल एयरलाइन्स र समिट एयरको जहाजलाई प्राविधिक समस्या आउन र अन्य निजी एयरका जहाज काठमाडौं फर्केको कारण हुम्ला लगायत कर्णालीका हिमाली जिल्लामा उडान हुन नसकेको बताए ।

अहिले तारा, सीता र समिट एयरको जहाज हप्ताको एक दिन एउटा उडान भर्ने र फर्कने गर्दै आएका छन् । उक्त समस्या जहाज काठमाडौं फर्केको कारण भएको हो । यसबाट सिमकोटबाट नेपालगञ्ज जाने यात्रु मर्कामा परेका छन् ।

जिल्ला अस्पतालले रिफर गरेका बिरामी उपचार गर्न जाने अवस्था छैन । त्यसैगरी नेपालगञ्ज र सुर्खेतबाट आउने यात्रु पनि समस्यामा परेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार