राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्नेबारे शिक्षामन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच छलफल

राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई कारबाही गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच छलफल भएको छ ।

मंगलबार सिं‌हदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई जनाबिच छलफल भएको हो ।

छलफलका क्रममा प्रमुख आयुक्त थपलियाले विद्यमान कानुन, अदालतबाट भएका फैसला र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर दलमा आबद्ध शिक्षक र कर्मचारीलाई कारवाही गर्न समस्या नरहेको बताएका मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

थपलियाको भनाइ उधृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘विगतमा निर्वाचन आयोगले निर्णय नै गरेको छ र कानुन कार्यान्वयन गराउन निर्वाचन आयोगको सहयोग रहन्छ ।’

छलफलमा शिक्षा मन्त्रीले राजनीति गरिरहेका शिक्षक पहिचान गर्नमा निर्वाचन आयोगबाट सहयोगको अपेक्षा राखेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार