प्रतिपक्षी दलको अवरोधपछि मधेश प्रदेश सभाको बैठक स्थगित

प्रतिपक्षी दलको विरोधपछि मधेश प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनार्थ १ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको थियो ।

बैठक सुरु हुनेबित्तिकै विपक्षी जनमत पार्टीका सांसदहरुले मधेश कृषि विश्वविद्यालयको शिलान्यासका क्रममा भएको घट्ना छानविनका लागि समिति बनाउने सहमति भएको र त्यो पालना नभएको भन्दै विरोध जनाएका हुन् ।

विपक्षी दल जनमत पार्टीका सांसदहरुले आजको बैठक अगाडि बढ्न नदिने उद्घोष गरेपछि संसद्मा सत्तापक्ष र प्रतिपक्ष सांसदहरुबीच भनाभन नै भएको छ । त्यसपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार