माधव नेपालले खेले फिल्म

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले फिल्म खेलेका छन् । उनले कलाकार रमित ढुंगानाको निर्देशनमा बनिरहेको फिल्म ‘नमेटिने घाउ’ मा अभिनय गरेका हुन् ।

मंगलबार बिहान कोटेश्वर बहुमुखी क्याम्पसको प्रांगणमा छायांकन भएको फिल्ममा नेता नेपालले केही डायलग पनि बोलेका थिए ।

उनीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीको पनि दृश्य खिचिएको थियो । यस फिल्ममा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि अभिनय हुनेछ ।

प्रधानमन्त्रीको भूमिकामा देखिन लागेका ओलीको सुटिङको सेड्युल बिहीबारका लागि तय भएको छ । रमितकै लगानी रहेको यस फिल्ममा एसिड पिडितको कथामा आधारित छ ।

यस फिल्ममा पर्साकी एसिडपीडित मुस्कान खातुनसहित सिम्रन खड्का सुरवीर पण्डित लगायतका कलाकारको मुख्य अभिनय छ । यस फिल्मको कथा भने शिवम् अधिकारीले लेखेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार