टेस्लाले हटायो १० प्रतिशत कर्मचारी

विद्युतीय सवारी निर्माता टेस्लाले दश प्रतिशत कर्मचारी कटौती गरेको छ । बजार मूल्यका आधारमा टेस्ला विश्वकै सबैभन्दा ठूलो सवारी निर्माता कम्पनी हो ।

गत डिसेम्बरको तथ्यांक अनुसार टेस्लामा एक लाख ४० हजार ४७३ कर्मचारी कार्यरत छन् । कम्पनीका मालिक अर्बपति एलन मस्कले कर्मचारीहरुलाई एक नोट पठाउँदै यो बाध्यात्मक निर्णय गर्नु परेको बताएका छन् ।

“हामीले संस्थाको विस्तृत समीक्षा गरेका छौँ र विश्वव्यापी रूपमा दश प्रतिशतभन्दा बढी कर्मचारी हटाउने निर्णय गरेका छौँ,” उनले भनेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार