जम्मु-कश्मिरको झेलम नदीमा डुंगा पल्टिँदा चार जनाको मृत्यु

जम्मु कश्मिरको झेलम नदीमा डुंगा पल्टिँदा चार जनाको मृत्यु भएको छ । यो दुर्घटना मंगलबार बिहान श्रीनगरको नौगाम क्षेत्रमा भएको हो ।

बीबीसीका सहयोगी पत्रकार माजिद जहाँगिरले श्रीनगरका जिल्ला आयुक्तले घटनाको पुष्टि गरेको बताएका छन् ।

श्रीनगरको एसएमएचएस अस्पतालका सुपरिटेन्डेन्टका अनुसार घाइते सात जनालाई अस्पतालमा ल्याइएको थियो, तीमध्ये चार जनाको मृत्यु भएको हो। तीन जनाको भने उपचार जारी छ ।

एसडीआरएफ टोली घटनास्थलमा छ र धेरैलाई उद्धार गरिएको छ । तर, खोजी तथा उद्धार जारी रहेको बीबीसी हिन्दीले जनाएको छ ।

उक्त डुंगामा केही बालबालिका समेत रहेको स्थानीयले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार