एभर्टनविरुद्ध चेल्सीको आधा दर्जन गोल

इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनविरुद्ध फराकिलो जित हासिल गरेको छ ।

गएराति भएको प्रतिस्पर्धामा चेल्सीले शून्यका विरुद्ध आधा दर्जन (६) गोल गर्दै एभर्टनलाई हराएको हो ।

चेल्सीले हानेका ६ गोलमध्ये कोल पाल्मर एक्लैले चार तथा निकोलस ज्याक्सन र अलिफ गिलक्रिस्टले एकरएक गोल गरेका थिए ।

जितसँगै चेल्सीले ३१ खेलबाट ४७ अंक बनाउँदै लिगको नवौँ स्थानमा उक्लिएको छ ।

पराजित एभर्टनले भने ३२ खेलबाट २७ अंक जोडेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार