ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्ष नजाने

नेकपा एमालेका अध्यक्ष एवम् एमाले संसदीय दलका केपी शर्मा ओलीले शुक्रबार पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।

शुक्रबार नै दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएका उनले त्यसअघि बिहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएका एमाले मुख्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बस्नेछ ।

सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यलाईसमेत खबर गरिएको तामाङले जानकारी दिए । तर माधव पक्षका नेताहरुले एकपक्षीय ढंगले बोलाएको बैठकमा सहभागी नहुने बताएका छन् । आफूहरूको सुझाव विपरित बैठक डाकिएको उनीहरुको आरोप छ । उनीहरुले शुक्रबारको बैठक प्रस्ताव गरेका छन् । नेपाल पक्षका तर्फबाट एमाले एकता कार्यदलमा रहेका नेताहरुले बैठक सार्न प्रस्ताव गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार