सिटिजन्स बैंकद्वारा स्नो याक फाउन्डेसनलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ । आफ्नो स्थापनाको १७औँ वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उक्त संस्थालाई सहयोग गरेको हो ।

बैंकले १७औँ वार्षिकोत्सव वैशाख ७ गते मनाउँदै छ । बैंकले एक समारोहकाबीच एक लाख रुपैयाँको चेक संस्थाका सञ्चालक मणिराज शर्मालाई हस्तान्तरण गरेको हो ।

बालबालिकाहरूको उज्ज्वल भविष्यको परिकल्पना गर्दै स्नो याक फाउन्डेसनले विगत एक दशकभन्दा बढी समय गुणस्तरीय शिक्षामा विद्यार्थीको पहुँच बढाउन समर्पित गरेको रहेर काम गर्दै आएको छ । हाल फाउन्डेसनले ५०० बालबालिकालाई शिक्षा प्रदान गरिरहेको छ ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार