लक्ष्मी सन्‌राइज बैंकको  कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले वातावरणीय उत्तरदायित्वको प्रतिबद्धतालाई सुढृद बनाउँदै आर्थिक वर्ष २०७९/८० सम्मको सवारी साधन कर्जा तथा आवासिय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ ।

बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप (पीसीएएफ) सँग २०२१ देखी आवद्व हुँदै आएको छ । पीसीएएफ वित्तीय संस्थाहरुको विश्वयापी साझेदारी समूह हो जसले वित्तीय संस्थाहरुको कर्जा र लगानीका क्षेत्रहरु मार्फत उत्सर्जन हुने ग्रिन हाउस ग्यासेसको मुल्याङ्कन र सोको विवरणहरु संकलन र सार्वजनिक गर्ने काम गर्दछ ।

बैंकको सवारी साधन कर्जा र आवासिय कर्जा मार्फत गत आर्थिक वर्षसम्म कुल १५ हजार ९६५.११ टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन गरेको देखाएको छ । जसमध्ये सवारी साधन कर्जा मार्फत ३ हजार ६४४.५१ र आवासिय कर्जा मार्फत १२ हजार ३२०.६० टन कार्बन उत्सर्जन भएको जनाएको छ ।

बैंकले कार्बन फुटप्रिन्टको पहिचानसँगै उत्सर्जन गरेको कार्बनको असरलाई न्युनिकरण गर्न पहल अगाडि बढाईसकेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार