नेपाल वायुसेवा निगमले तिर्‍यो चैत मसान्तसम्मको किस्ता

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण तिरेको छ ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडीको चैत महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी चैत ३० गते ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो ।

पछिल्लो समय निगममा व्यवस्थापन वर्तमान नेतृत्व फेरिएपछि निगमले २०८० चैतसम्मको अवधिमा ५ अर्ब ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरिएको जानकारी दिएको छ।

कोरोना महामारीले निगमको व्यापारमा समेत प्रतिकूल असर परेकोले सो अवधिको ब्याज, हर्जना र पेनल छुटका साथै किस्ता संख्या वृद्धि गरी ऋण दायित्व भुक्तनीमा सहजीकरण गरिदिन दुवै कोषलाई अनुरोध पत्र समेत पठाइएको निगमले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार