आयोगले कारबाही सिफारिस गरेकामाथि अख्तियारबाट पनि छानबिन हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने भएको छ ।

कारबाहीका लागि सिफारिस भएका उनीहरुमाथि छानबिन गर्नका लागि अख्तियारमा सिफारिस गर्नेबारे आज (सोमबार) मन्त्रीस्तरीय निर्णय भएको हो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठन भएको उक्त आयोगले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति तीर्थ खनियाँसहित ४३ जनामाथि कारबाहीको सिफारिस गरेको थियो ।

जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेकाहरुमाथि छानबिन प्रक्रिया अगाडि बढाउन आजै अख्तियारलाई पत्राचार गर्ने तयारी रहेको मन्त्रालय स्रोतले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार