चैते दशैंमा सार्वजनिक बिदा

अछामको मङ्गलसेन नगरपालिकाले चैते दशैंको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आफ्नो राजपत्रमा सोमबार सूचना प्रकाशित गरेर वैशाख ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

वैशाख २ गते राजपत्रमा सूचना प्रकाशन गरी नगर क्षेत्रभित्र चैते दशैं मनाउने र जुपू खौलामा दशैं मेला लाग्ने भएकोले बिदा दिइएको बताइएको छ । अघिल्लो महिनाको चैत ३० गते बसेको नगरकार्यपालिकाको १० औं बैठकले नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

अछाममा हरेक वर्ष रामनवमीको अघिल्लो दिन ९चैत शुक्ल अष्ठमी० चैते दशै धुमधामका साथ मनाउने परम्परा रहेको छ । चैते दशैंको लागि घर बाहिर रहेकाहरु समेत गाउँघरमा फर्केर चैते दशैं मनाउने गरिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार