डिश मिडिया नेटवर्कको सीईओमा तारा मानन्धर

बैंकर तारा मानन्धर डिस मिडिया नेटवर्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन्। उनले सोमबारदेखि कार्यभार सम्हालेका छन्।

यसअघि मर्शेक बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतमा आफ्नो अनुभवले उच्च व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गरि सकेका मानन्धरले डिश मिडिया नेटवर्कको कार्यभार सम्हालेर व्यवस्थापनलाई सुदृढ बनाउँदै कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवाहरुलाई थप गुणस्तरिय वनाउनमा प्रमुख भुमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

विगत १३ वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन सफल रहेको छ । डिशहोमले तीन वर्षअघि मात्रै नेपाल दूरसंचार प्राधिकरणबाट फाइबर इन्टरनेट वितरण गर्नका लागि अनुमति प्राप्त गरी हाल नेपालको दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक वन्न सफल भएको छ ।

कम्पनीले आफ्नो पूर्वाधार विस्तारका लागि प्राइभेट इक्वीटीज फन्डबाट थप लगानी जुटाइसकेको र केहि अन्तिम प्रकृयामा रहेको रहेको जनाएको छ । आगामी केहि महिनामानै कम्पनीले आईपीओ निस्कासनको अन्तिम तयारी समेत गरिरहेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार