पूर्वमन्त्री श्रेष्ठविरुद्ध रूपा सुनारले दिएको जाहेरी दर्ता गरि अनुसन्धान गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध रूपा सुनारले दिएको जाहेरीमा अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले जातीय विभेद गरी कोठा नदिएको आरोप लागेकी घरबेटीलाई छुटाउन सहयोग गरेका पूर्वमन्त्री श्रेष्ठविरुद्धको प्रहरीमा दिएको जाहेरी दर्ता गरि निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गराउन आदेश दिएको हो ।

न्यायाधीशहरू प्रकाश सिंह राउत र नहकुल सुवेदीको इजलासले उक्त आदेश दिउको हो । आदेशमा भनिएको छ- ‘निवेदिकाले श्रेष्ठविरूद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकोले सो जाहेरी दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नू/गराउनू ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार