नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’, गाडी गुड्न भने अझै एक वर्ष लाग्ने

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ब्रेक थ्रु अर्थात् वारपार छेड्ने काम पूरा भएको छ । धादिङको सिस्ने खोलाबाट काठमाडौंको बलम्बु जोड्ने नागढुंगा सुरुङमार्ग सोमबार दिउँसो १:५७ बजे ‘ब्रेक थ्रु’ भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसको उद्घाटन गरेका हुन् । जलविद्युत् उत्पादन तथा पानी पथान्तरणको लागि थुप्रै सुरुङ भए पनि हालसम्म यातायातका सवारीसाधन सञ्चालन हुने सुरुङमार्ग छैनन् ।

सुरुङमार्ग वारपार भइसके पनि सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । सुरुङ प्रयोगकर्ता काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सक्ने आयोजनाले जनाएको छ ।

सुरुङमार्ग दुई हजार ६८८ मिटर लामो रहेको छ । करिब साढे ४ वर्षअघि काठमाडौंको बलम्बु र धादिङको सिस्ने खोला जोड्ने सुरुङ मार्ग निर्माण सुरु भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार