वीरमा आन्द्रा सुनिने रोगसम्बन्धी विशेष ओपिडी सञ्चालन हुने

चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पतालले हप्तामा एक दिन आन्द्रा सुनिने रोगको बहिरङ्ग (ओपिडी) सेवा सञ्चालनमा ल्याउने भएको छ ।

अस्पतालको ग्याष्ट्रोइन्टेरोलोजी विभागले सूचना निकाल्दै वैशाखदेखि हरेक सोमबार आन्द्रा सुनिने अलसरेटिव कोलाइटिस र क्रोन्स डिजिज जस्ता रोगको उपचार लागि बहिरङ्ग सेवा सञ्चालन गर्ने जनाएको छ ।

ग्याष्ट्रोइन्टेरोलोजी विभागका विभागिय प्रमुख डा. मुकेश शर्माले आन्द्रा सुनिने अल्सरेटिव कोलाइटिस र क्रोन्स डिजिज जस्ता रोगको उपचारलाई प्रभावकारी बनाउने उद्देश्यले हप्तामा एक दिन सेवा सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

उक्त सेवा ग्याष्ट्रोइन्टेरोलोजि ओपिडीको कोठा नम्बर २३१ मा हरेक सोमबार दिउँसो एकदेखि तीन बजेसम्म सञ्चालन हुने डा. शर्माको भनाइ छ । यो सेवाबाट लाभ लिन चाहने बिरामीहरुले ग्याष्ट्रोइन्टेरोलोजी विभागमा सम्पर्क गर्न उनको आग्रह छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार