ऋचा शर्मा मुख्य भूमिकामा रहेको फिल्म ‘सारंग’को सुटिङ सुरु

नायिका ऋचा शर्मा मुख्य भूमिकामा रहेको फिल्म ‘सारंग’ को सुटिङ सुरु भएको छ । कान्जिरोबा स्कुल, कोटेश्वरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सुटिङ थालिएको हो । सुटिङ सेड्युल करिब एक महिनाको छ ।

प्रशान्त तामाङको निर्देशन रहेको यस फिल्मको सम्पूर्ण सुटिङ काठमाडौँ आसपासमै गरिनेछ ।

यस फिल्ममा कोरियोग्राफरको रुपमा समेत परिचित निर्देशक तामाङकै लेखन रहेको छ । यस फिल्मले बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाडको विषयमा प्रस्तुत गर्नेछ । यसअघि तामाङले बालमनोविज्ञानको विषयमा ‘ठूलो मान्छे’ निर्देशन गरिसकेका छन् ।

फिल्ममार्फत् समाजलाई केही सकारात्मक सन्देश प्रवाह गर्ने कोसिसमा गरेको उनको भनाइ छ।

फिल्ममा ऋचासहित उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसीका साथमा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्की मुख्य भूमिकामा छन्। यस फिल्मलाई बालदिवसको छेकोमा रिलिज गरिने योजना छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार