रावतलाई ५ मतले पछि पार्दै एमाले हुम्ला अध्यक्षमा बुमी विजयी

नेकपा एमाले हुम्ला जिल्ला कमिटीको अध्यक्षमा ज्ञामी बुमी विजयी भएका छन् ।

दसौँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार भएको निर्वाचनमा डबल रावतलाई ५ मतले पछि पार्दै बुमी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । विजयी बुमीले १ सय २४ मत पाए भने रावतले एक सय १९ मत ल्याए ।

पदाधिकारीमा बुमीको प्यानलै विजयी भएको हो । जसअनुसार उपाध्यक्षमा १ सय ६२ मतका साथ प्रकाश बहादुर शाही निर्वाचित भएका छन् भने सचिव पदमा तीर्थराज बोहरा १ सय ३९ मत ल्याएर विजयी भएका छन् ।

खुला उपसचिवमा प्रदीप लामा १ सय ३३ मत ल्याएर विजयी भए महिला उपसचिवमा मञ्जु रावल १ सय ३४ मतका साथ निर्वाचित भएका छन् ।

एमाले स्थायी समितिका सदस्य गोरखबहादुर बोगटी र केन्द्रीय सदस्य दल फडेरा गुटलाई केन्द्रीय सदस्य दल रावल पक्षधर प्यानलले पराजित गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार