बाबुरामलाई छाडेर माओवादी केन्द्रमा फर्किए विश्वदीप

नेपाल समाजवादी पार्टीका राजनीतिक समितिका सदस्य विश्वदीप पाण्डेले पार्टी परित्याग गरेर माओवादी केन्द्रमा फर्किएका छन् ।

पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे ।

पाण्डेले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर)मार्फत नेपाल समाजवादी पार्टीमा नरहेको घोषणा गरेका थिए । उनी भूमीगत कालदेखि नै बाबुराम भट्टराईको स्वकीय सचिव थिए ।

पछिल्लो समय सरकारमा जाने विषयमा पार्टीमा दुई धार हुँदै विभाजनसम्म पुगेको थियो । पाण्डे पनि नेसपा र माओवादी एक हुनुपर्ने पक्षमा थिए । उनले त्यसका लागि पटकपटक प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुरामबीच भेटको वातावरण मिलाएका थिए ।

पछि प्रचण्ड र बाबुरामबीच दूरी बढेपनि पार्टीभित्र एकता गर्नुपर्ने माग बढेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार