एसिसी प्रिमियर कपमा आज हङकङसँग खेल्दै नेपाल

एसीसी प्रिमियर कपमा नेपाल आज तेस्रो खेल खेल्दै छ । नेपालले आज हङकङविरुद्ध खेल्न लागेको हो । खेल बिहान ११ स् ४५ बजे सुरु हुनेछ ।

नेपालले यसअघि लगातार दुई खेलमा जित निकालेको छ । पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।

शनिबार भएको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको थियो । दोस्रो खेलमै नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरेका थिए ।

नेपालका लागि दीपेन्द्रले अन्तिम ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार