रोहित शर्माको शतकका बाबजुद चेन्नईसँग हार्‍यो मुम्बई

रोहित शर्माको शतकका बाबजुद चेन्नईसुपर किंग्ससँग मुम्बई इन्डियन्स पराजित भएको छ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई चेन्नाईसँग २० रनले पराजित भएको हो ।

चेन्नाईले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले ६ विकेट गुमाएर १८६ रन मात्रै बनाउन सक्यो ।

मुम्बईका लागि रोहित शर्मा शतक प्रहार गरी नट आउट रहे । उनले ६३ बलमा ११ चौका र ५ छक्का प्रहार गरी १०५ रन बनाए ।

त्यस्तै तिलक बर्माले २० बलमा ५ चौका प्रहार गरी ३१ रनको जोडे । ओपनर इशान किशनले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरी २३ रनको योगदान गरे । ओपनर इशान किशनले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरी २३ रनको योगदान गरे ।

सूर्यकुमार यादव शून्य रन बनाएर आउट हुँदा कप्तान हार्दिक पाण्ड्या २, रोमारियो शेफर्ड १ र टिम डेविड १३ रन बनाएर आउट भएका थिए ।

मुम्बइलाई रोक्न चेन्नाइका मतिशा पाथिराना एक्लैले जम्मा २८ रन खर्चेर चार ओभरमा चार विकेट लिए । तुसार देशपाण्डे र मुस्ताफिजुर रहमाले एकरएक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले चार विकेट गुमाएर २०६ रन बनाएको थियो । रुतुराज गायकवाडले ६९, शिभम दुबेले ६६ रनको योगदान गरे । रचिन रविन्द्रले २१, महेन्द्रसिंह धोनीले २० र र्डेल मिचेलले १७ रन बनाए ।

मुम्बइका हार्दिक पाण्ड्याले २, गेर्राड कोट्जी र श्रेयस गोपालले एकरएक विकेट लिए ।

यो खेल जितेसँगै चेन्नाइ तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बइ ८औं स्थानमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार