घरेलु मैदानमै हार्‍यो लिभरपुल, उपाधि होडमा लाग्यो धक्का

इङ्लिस प्रिमियर लिगको उपाधिमा लिभरपुललाई धक्का लागेको छ । आइतबार घरेलु मैदानमै क्रिस्टल प्यालेससँग पराजित हुँदा लिभरपुल उपाधि होडमा पछि परेको हो ।

अब लिभरपुल शीर्षस्थानको म्यानचेस्टर सिटी भन्दा २ अंकले पछि परेको छ । यस्तै एक खेल कम खेलेको आर्सनलको पनि उसकै जति ७१ अंक छ । आर्सनल र वेस्टन भिल्लाबीच अहिले खेल चलिरहेको छ। यो खेल जितेमा आर्सनल शीर्षस्थानमा उक्लने छ ।

उपाधि होडमा रहेका आर्सनल र लिभरपुल एकआपसमा भिड्ने भएकाले यसको फाइदा सिटीलाई हुनसक्छ । आर्सनलले आज जित निकाल्न नसके सिटीले आफ्ना खेल जिते मात्रै पनि उपाधि रक्षा गर्न सक्नेछ ।

एनफिल्डमा लिभरपुललाई स्तब्ध पार्न खेलको १४ औं मिनेटको एक मात्र गोल नै निर्णायक बन्यो । मिडफिल्डर अब्रेची इजले क्रिस्टल प्यालेसलाई महत्वपुर्ण ३ अंक दिलाए ।

यो जितपछि ३३ अंक बटुलेको क्रिस्टल प्यालेस १४ औं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार