सुप्रिम सहकारी ठगी प्रकरण : जीबी राईसहित २८ जना प्रतिवादी

काठमाडौं – बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी बारे प्रहरीले अनुसन्धान टुंग्याएको छ। शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलले अनुन्धानको प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएको हो ।

प्रतिवेनदमा प्रहरीले सहकारीका संस्थापक जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको छ । भने १ अर्ब २ करोड मागदाबी लिनुपर्ने राय प्रतिवनेदमा समावेश गरिएको छ ।

राईसहित अध्यक्ष ओमप्रकाश गुरुङ, दीपेशकुमार पुन, कुमार रम्तेल, दुर्गा चापागाईं पाण्डे, भवीश्वर अर्याल, नीता थापा, दीपक न्यौपाने, रोशनी गुरुङलाई प्रतिवादी बनाउनु पर्ने प्रहरीको राय छ ।

साथै प्रहरीले सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, धीरजकुमार दास, असव अलि सिद्धिकी, बुद्धि गुरुङ, आशिस आनन्त, मोजहर मोहम्मद, लिगल ढुंगाना, औबहादुर गुरुङ र स्यान्जिक राजभण्डारी, भुपेन्द्र राई, हेमन्त अधिकारी, कविता तामाङ र नवीन अछामी पनि प्रतिवादी बनाउनु पर्ने राय प्रतिवनेदमा समावेश गरेको छ ।

यीमध्ये अध्यक्ष ओमप्रकाश गुरुङ, दुर्गा चापागाईं पाण्डेय र पूर्वकोषाध्यक्ष दीपेश पुन पक्राउ परेका छन्। भने जीबीसहित अन्य फरार छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार